दफा २८७
कसूर गरी प्राप्त गरेको सम्पत्ति लिन नहुने

(१) कुनै कसूर गरी प्राप्त गरेको सम्पत्ति हो भन्ने जानीजानी वा विश्वास हुने कुनै मनासिब कारण भई कसैले कुनैसम्पत्ति लिन, राख्न वा खरीद–बिक्री गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्ष कैद वा पचास हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।
(३) उपदफा (१) बमोजिम लिए राखेको वा खरिद बिक्री गरेको सम्पत्ति सो सम्पत्तिको धनीलाई फिर्ता गर्नु पर्नेछ ।